रास्वपाको ३६ जिल्लामा आज अधिवेसन सुरू (जिल्ला सुचीसहित)

काठमाडौं, २३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीको आज ३६ जिल्लामा जिल्ला अधिवेसन सुरू भएको छ ।

आज हुने जिल्ला अधिवेसनवाट नयाँ नेतृत्व चयन हुनेछ, जसले आसान्न स्थानिय चुनाव र प्रदेश चुनावको तयारीमा लाग्नेछ ।
 
आज ३६ र भोली २९ जिल्लामा जिल्ला अधिवेसन हुने महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिएका छन ।
 
जसअनुसार कोशी प्रदेशका ८ जिल्लाहरू झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, ओखलढुङ्गा र सुनसरीमा अधिवेसन सुरू भएको छ ।

मधेशका २ जिल्ला महोत्तरी र रौतहटमा अधिवेसन हुनेछ भने बागमती प्रदेशका ८ जिल्लाहरू दोलखा, काठमाडौँ, भक्तपुर, नुवाकोट, मकवानपुर, काभ्रे सिन्धुपाल्चोक र सिन्धुलीमा अधिवेसन सुरू भएको छ ।
 
उता, गण्डकी प्रदेशका ५ जिल्लाहरू स्याङ्जा, कास्की, पर्वत, बागलुङ र म्याग्दीमा आज अधिवेशन हुनेछन भने लुम्बिनी प्रदेशका ८ जिल्ला गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र रोल्पामा अधिवेसन सुरू भएको छ ।
 
यसैगरी, कर्णाली प्रदेशका २ जिल्ला कालिकोट र सल्यान तथा सुदूरपश्चिम प्रदेशका ३ जिल्ला बैतडी, बझाङ र दार्चुलामा पनि आजै अधिवेशन हुने महामन्त्री बुर्लाकोटीले जानकारी दिए ।

 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।