आज रास्वपाको धनकुटा सहित २९ जिल्लामा अधिवेसन हुंदै

काठमाडौं, २४ जेठ । आज राष्ट्रिय स्वतन्त्र पार्टीको २९ वटा जिल्लामा जिल्ला अधिवेसन हुदैँछ ।
 
हिजो ३६ जिल्लामा जिल्ला अधिवेसन सम्पन्न गरेको रास्वपाले आज भने २९ जिल्लामा अधिवेसन गर्न लागेको हो । 

आज हुने अधिवेसनवाट जिल्लामा नयाँ नेतृत्व चयन हुनेछ, जसले आसान्न स्थानिय चुनाव र प्रदेश चुनावको तयारीमा लाग्ने छ ।

आज कोशी प्रदेशका धनकुटा, उदयपुर, सोलुखुम्बु, खोटाङ र ईलाममा र मधेश प्रदेशका ४ जिल्ला सिराहा, धनुषा, पर्सा र सर्लाहीमा जिल्ला अधिवेसन हुदैँछ ।
 
बागमती प्रदेशका २ जिल्ला चितवन र ललितपुरमा अधिवेसन हुदाँ गण्डकी प्रदेशका ४ जिल्ला तनहुँ, नवलपुर, गोरखा र लमजुङले पनि नयाँ नेतृत्व चयनका लागि अधिवेसन गर्दैँछ ।
 
उता, लुम्बिनी प्रदेशका ३ जिल्ला अर्घाखाँची, रुपन्देही र प्युठानमा जिल्ला अधिवेसनवाट नयाँ नेतृत्व आउँदै गर्दा कर्णाली प्रदेशका ६ जिल्ला सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, मुगु र जुम्लाले पनि अधिवेसनवाट नयाँ नेतृत्व पाउनेछ ।
 
साथै, सुदूरपश्चिम प्रदेशका ६ जिल्ला अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र बाजुरामा आजै अधिवेशन हुनेछ। 

महाधिवेसन अघि गर्ने भनिएको ६६ जिल्लाको जिल्ला अधिवेसन मध्ये विशेष परिस्थितिका कारण मधेस प्रदेशको बारा जिल्ला अधिवेशन भने आगामी जेठ २६ गते हुँदैछ। योसँगै पार्टीको मुख्य सङ्गठन रहेको अधिकांश जिल्लाको अधिवेशन सम्पन्न हुनेछ भने बाँकी ११ जिल्लाहरूको अधिवेशन राष्ट्रिय महाधिवेशन पश्चात् क्रमशः गरिने रास्वपाले जनाएको छ ।

 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।