रास्वपा काठमाडौं सभापतिमा राजा शाक्य निर्वाचित

काठमाडौं, २४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौँको जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित भएका छन्। 

हिजो राती अबरे सम्पन्न पार्टीको प्रथम जिल्ला अधिवेशनले शाक्यलाई जिल्ला सभापति निर्वाचित गरेको हो।

सभापतिमा शाक्य २५१ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी सुरेश सापकोटाले १८२ मतमा सिमित भए पछि उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।

 

निर्वाचन समितिका अनुसार कुल ५२८ मतदातामध्ये ४३८ जनाले मतदान गरेका थिए। खसेको मतमध्ये ४३३ मत सदर र ५ मत बदर भएको थियो।

 

यसैगरी, उप सभापतिमा रवीन्द्र गौतम २१६ मतका साथ निर्वाचित हुदाँ स्वयम्बर खड्कालाई ५ मत अन्तरले मात्रै पछि परेका थिए । खड्काले २११ मत प्राप्त गरेका थिए।

 

त्यस्तै सचिवमा सन्तमान महर्जनले २९७ मत प्राप्त गर्दा अर्का प्रत्याशी रमेश न्यौपानेले १३१ मतमा सिमित भए । 

 

सहसचिवमा सौरभ बस्नेत ३२५ मतका साथ विजयी भए भने उनका प्रतिस्पर्धी गणेश थापाले ९५ मतमा सिमित हुन बिवश भए ।

 

सदस्य पदका लागि भएको प्रतिस्पर्धाबाट सम्शेर बहादुर श्रेष्ठ (१८२ मत), केदार प्रसाद रैला (१६६ मत) र बलराम कार्की (२३६ मत) निर्वाचित भएका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।