सुधन गुरुङ पुनः गृहमन्त्री बन्ने तयारी

काठमाडौ । बालेन्द्र शाह नेतृत्वको सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री नियुक्त हुने भएका छन्। सम्पत्ति विवादका कारण पदबाट राजीनामा दिएका गुरुङलाई छानबिन समितिले सफाइ दिएपछि पुनः गृह मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको हो।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार गुरुङको शपथग्रहणका लागि आज दिउँसो ३ बजे राष्ट्रपति कार्यालयमा पत्राचार गरिएको छ। आवश्यक प्रक्रिया पूरा भइसकेको र आजै शपथ हुने सम्भावना रहेको जनाइएको छ।

यसअघि सम्पत्ति विवरणलगायतका विषयमा विवाद चुलिएपछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि सरकारले उनीमाथि लागेका आरोपहरूको सत्यतथ्य छानबिन गर्न समिति गठन गरेको थियो।

समितिले गुरुङविरुद्ध उठाइएका आरोप पुष्टि हुने पर्याप्त आधार नभेटिएको निष्कर्ष निकाल्दै उनलाई क्लिन चिट दिएको थियो। सोही प्रतिवेदनका आधारमा उनको पुनर्नियुक्तिको बाटो खुलेको हो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖