मन्त्रीहरू गुरुङ र पुनद्वारा शपथ ग्रहण
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् विस्तार गरेका छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सुधन गुरुङले गृह मन्त्री र महावीर पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
शपथ ग्रहण समारोहमा राष्ट्रपति र प्रधानमन्त्रीका साथै उपराष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विभिन्न मन्त्रीहरू र सांसदहरूको उपस्थिति रहेको थियो।
गुरुङ यसअघि पनि गृह मन्त्रालयको जिम्मेवारीमा थिए। आफ्नो सम्पत्ति विवरणका विषयमा प्रश्न उठेपछि राजीनामा दिएका गुरुङले सरकारद्वारा गठित छानबिन समितिबाट ‘क्लिनचिट’ पाएपछि पुनः गृह मन्त्रालयको बागडोर सम्हालेका हुन्।


