राष्ट्रिय दुग्ध विकास बोर्डको पुन:संरचना मार्फत औचित्यता प्रमाणित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री तथा राष्ट्रिय दुग्ध विकास बोर्डकी अध्यक्ष गिता चौधरीले बोर्डलाई दुग्ध क्षेत्रको समग्र विकासमा सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएकी छन्।

बोर्डको अध्यक्षताको पदभार ग्राहण गर्दै उनले दुग्ध क्षेत्रको समग्र विकास तथा प्रवद्र्धनका लागि  सरकारलाई नीतिगत सुझाव प्रदान गर्नु, उत्पादन, उपभोग, गुणस्तर, बजार व्यवस्थापन, आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनमा सकारात्मक प्रभाव पार्नुरहेको बताइन्।

निजी तथा सरकारी दुग्ध व्यवसायीबीच समन्वय स्थापना गर्ने, दुग्ध विकाससम्बन्धी अध्ययन गरी आवश्यक डेरी डाटाबेस तयार गर्ने कार्य पनि बोर्डको प्रमुख जिम्मेवारी भएको उल्लेख गरिन्।

मन्त्री चौधरीले बोर्ड स्थापना भएदेखि हालसम्म अपेक्षाअनुसार सेवा दिन नसकेको स्वीकार गर्दै लामो समयदेखि संस्थाले आफ्नो औचित्यता प्रमाणित गर्न नसकेको बताइन्।

दुग्ध उत्पादक किसान, सहकारी संस्था तथा निजी क्षेत्रका लागि बोर्ड आवश्यक भएपनि प्रभावकारी भूमिका निर्वाह गर्न नसक्दा समय–समयमा यसको खारेजीको चर्चा हुने गरेको उनको भनाइ थियो।
 
मन्त्री चौधरीले वर्तमान अवस्थालाई बोर्डका लागि “सुनौलो अवसर” का रूपमा व्याख्या गर्दै संस्थाको लक्ष्य र उद्देश्यलाई प्राथमिकतामा राखी पुनःसंरचना गर्न तथा त्यसमार्फत बोर्डको आवश्यकता र औचित्यता प्रमाणित गर्न निर्देशन दिइन्। “बोर्डको पुनःसंरचनासँगै दुग्ध क्षेत्रको विकासमा प्रभावकारी योगदान पुर्‍याउन सकिने विश्वास लिएकी छु,” उनले भनिन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖