सीमा विवाद आवेगले नभइ, कूटनीतिबाट समाधान गरौं : सांसद आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता संवेदनशील विषयको समाधान आवेग र उत्तेजनाबाट नभई संयमित कूटनीतिक संवादमार्फत मात्र सम्भव हुने बताएका छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद आङदेम्बेले राष्ट्रिय स्वाभिमानको विषयमा सबै राजनीतिक दलहरू गम्भीर हुनुपर्नेमा जोड दिए। लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमि भएको तथ्य जगजाहेर रहेको बताउँदै उनले यस विषयमा संसदले समेत नक्सा पारित गरिसकेको स्मरण गराए।

सांसद आङदेम्बेले भने, ‘दुनियाँलाई थाहा छ लिपुलेक हाम्रो हो, कालापानी हाम्रो हो, लिम्पियाधुरा हाम्रो हो। हामीले ती भूभागसहितको नक्सा पारित गरिसकेका छौँ। तर, यो जटिल विषयको हल उत्तेजना र आवेगले होइन, संयमित ढंगले गहन संवाद र कूटनीतिक प्रक्रियाबाट मात्र हुनुपर्दछ।’

सो क्रममा उनले प्रधानमन्त्रीको हालैको एक अभिव्यक्तिप्रति कडा असन्तुष्टि व्यक्त गरे। छिमेकी मुलुकले सीमा मिचेको विषयलाई प्रधानमन्त्रीले ‘नेपालले पनि सीमा मिचेको छ’ भनी दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै उनले प्रश्न गरे, ‘आज गोपाल योञ्जन हुनुहुन्थ्यो भने यो अभिव्यक्ति सुनेर के भन्नुहुन्थ्यो होला? उहाँले पनि मिचे, हामीले पनि मिच्यौँ, के हिसाब बराबर गर्न खोज्नुभएको हो प्रधानमन्त्रीले?’

नेपालको गौरवशाली इतिहासको चर्चा गर्दै सांसद आङदेम्बेले वीर गोर्खालीको देश कहिल्यै कसैको उपनिवेश नबनेको र नेपालीहरू सधैं स्वाभिमानी रहेको बताए। उनले स्वर्गीय गायक गोपाल योञ्जनको राष्ट्रिय भावनाले ओतप्रोत गीतका हरफहरू उद्धृत गर्दै भने: ‘खोसेको रोटीले मेरो पेट भरिन्न, मागेको धोतिले मेरो लाज छोपिन्न… कोहीको अगाडि यी हात जोडिन्न।’

सगरमाथा जस्तै उच्च स्वाभिमान बोकेर बाँच्ने नेपालीको भावनामा ठेस पुग्ने गरी कुनै पनि सार्वजनिक अभिव्यक्ति आउन नहुने उनको भनाइ थियो। उनले राष्ट्रियताको मुद्दामा सरकारले स्पष्ट अडान लिनुपर्ने र कूटनीतिक पहलमा चुक्न नहुनेमा जोड दिएका छन्।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖