सुर्खेतमा जसपा नेपालको क्षेत्रीय भेला, संगठन सुदृढीकरण र निर्वाचनको समीक्षा

सुर्खेत। जनता समाजवादी पार्टी नेपालको कर्णाली प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला सुर्खेतमा सम्पन्न भएको छ। पार्टीको सांगठनिक अवस्था, गत निर्वाचनको समीक्षा र आगामी राजनीतिक कार्यदिशा तय गर्न भेला आयोजना गरिएको थियो। 

जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले भेलालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै कर्णालीको आर्थिक-सामाजिक रूपान्तरण र पहिचानको मुद्दा पार्टीको मुख्य प्राथमिकतामा रहेको बताए। वर्तमान राजनीतिक परिस्थितिमा पार्टीलाई जगैदेखि बलियो बनाउन आवश्यक रहेको औंल्याउँदै उनले उत्पीडित वर्ग र पिछडिएको क्षेत्रको अधिकार सुनिश्चित गर्न कार्यकर्ताहरूलाई गाउँगाउँ पुगेर संगठन निर्माणमा लाग्न निर्देशन दिए।

कर्णाली प्रदेश इन्चार्ज बलबिर नेपालीले कर्णाली भौगोलिक रूपमा विकट भए पनि राजनीतिक चेतनाका हिसाबले अग्रणी रहेको चर्चा गर्दै पार्टीका नीति र एजेन्डाहरूलाई जनताको माझमा लैजान ठोस कार्ययोजना बनाउनुपर्नेमा जोड दिए। केन्द्रिय सदस्य एवं लुम्बिनी प्रदेश सांसद अम्बिका काफ्लेले पार्टीभित्र आन्तरिक एकता, अनुशासन र सक्रियता बढाएर मात्र आगामी राजनीतिक चुनौतीहरूको सामना गर्न सकिने विचार व्यक्त गरिन्।

त्यस्तै, केन्द्रीय सदस्य लिला सिजापतीले संगठनलाई जीवन्त राख्न तल्लो तहका कार्यकर्ता र जनतासँगको संवादलाई निरन्तरता दिनुपर्ने धारणा राखिन्।

जसपा नेपाल कर्णाली प्रदेश समितिका अध्यक्ष रगबिर मिजारको अध्यक्षतामा सम्पन्न उक्त भेलामा प्रदेशका विभिन्न जिल्लाबाट आएका अगुवा कार्यकर्ताहरूले स्थानीय स्तरको सांगठनिक अवस्था, चुनौती र आगामी रणनीतिबारे सुझाव दिएका थिए। प्रादेशिक नेतृत्वले ती सुझावहरूलाई समेटेर कर्णालीमा जसपालाई थप प्रभावकारी शक्तिको रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाएको छ। भेलामा पार्टीको केन्द्रीय तथा प्रादेशिक नेतृत्वको बाक्लो उपस्थिति थियो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖