सुस्तामा नेपालीले हप्कीदप्की सहनुपर्दा सरकार कहाँ छ ? : हर्क साम्पाङ

काठमाडौं — श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई (हर्क साम्पाङ) ले नवलपरासीको सुस्ता क्षेत्रमा नेपाली नागरिकमाथि भइरहेको भनिएको भारतीय एसएसबीको व्यवहारप्रति सरकार मौन बसेको भन्दै संसद्मा कडा प्रश्न उठाएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै साम्पाङले नेपाल–भारत सीमा सुरक्षाजस्तो संवेदनशील विषयमा सरकार र प्रधानमन्त्रीको भूमिका कमजोर देखिएको आरोप लगाए। सीमासम्बन्धी प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिको विरोधमा आफूले संसद्भित्र प्लेकार्ड प्रदर्शन गर्न थालेको ११ दिन बितिसक्दा पनि प्रधानमन्त्री संसद्मा उपस्थित नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

साम्पाङले संसद्मा प्रश्न गर्दै भने, “अहिले नेपाल सरकारको रक्षामन्त्री को हुनुहुन्छ ? उहाँलाई तत्काल संसद्मा बोलाइयोस्।” प्रधानमन्त्री बालेन्द्र शाह स्वयंले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका सन्दर्भमा उनले सीमा सुरक्षाबारे स्पष्ट जवाफ दिनुपर्ने माग गरे।

सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का अधिकारीहरूले नेपाली नागरिकलाई हप्कीदप्की गरेको तथा स्थानीय बासिन्दा आफ्नो भूमिको संरक्षणका लागि आफैं संघर्ष गरिरहेको देखिने भिडियो सार्वजनिक भएको उल्लेख गर्दै उनले सरकारको धारणा माग गरे।

“सुस्तामा नेपाली दाजुभाइहरू आफ्नो भूमिको रक्षा गर्न निहत्था रूपमा संघर्ष गरिरहेका छन्। यस्तो अवस्थामा सरकार कहाँ छ ? रक्षा मन्त्रालय किन मौन छ ?” भन्दै उनले प्रश्न गरे।

साम्पाङले राष्ट्रियता र सीमा सुरक्षाको विषयलाई राजनीतिक विवादभन्दा माथि राख्नुपर्ने बताउँदै नेपाली नागरिकमाथि कुनै प्रकारको दबाब वा थिचोमिचो भए सरकारले तत्काल कूटनीतिक र प्रशासनिक पहल गर्नुपर्ने धारणा राखे।

उनले सुस्ताको अवस्थाबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न, सीमा क्षेत्रमा नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न तथा नेपाली भूमिको संरक्षणका लागि ठोस कदम चाल्न माग गरेका छन्। साथै, संसद्ले पनि यस विषयमा सरकारसँग जवाफदेहिता खोज्नुपर्ने उनको भनाइ थियो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖