पत्रकारमाथि दुर्व्यवहारको निन्दा, दोषीमाथि कारबाहीको माग

काठमाडौं । पत्रकार विनोद ढुंगानामाथि तनहुँको शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले गरेको भनिएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिअनुसार जेठ ३१ गते बेलचौतारास्थित हाटबजारमा नगर प्रमुख पण्डितले दिएको अभिव्यक्तिबारे जिज्ञासा राख्ने क्रममा पत्रकार ढुंगानामाथि अभद्र तथा अपमानजनक व्यवहार भएको भन्दै नेपाल पत्रकार महासंघ तनहुँ शाखाले जानकारी गराएको छ।

महासंघले नागरिकलाई सुसूचित गर्ने आफ्नो पेशागत दायित्व निर्वाह गरिरहेका पत्रकारलाई सहयोग गर्नुपर्नेमा जिम्मेवार जनप्रतिनिधिबाटै पदीय मर्यादाविपरीत व्यवहार भएको भन्दै उक्त घटनालाई निन्दनीय, गैरजिम्मेवार र प्रेस स्वतन्त्रताविरोधी कदमका रूपमा लिएको जनाएको छ।

विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा भविष्यमा प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हुने यस्ता गतिविधि नदोहोर्‍याउन सम्बन्धित निकायसँग माग गरिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖