धनकुटामा आईटी पार्क निर्माण गर्न दुई करोड बजेट विनियोजन
विराटनगर । सूचना प्रविधिको अध्ययन, विकास र विस्तारलाई प्राथमिकता दिँदै कोशी प्रदेश सरकारले धनकुटामा आईटी पार्क निर्माण गर्ने भएको छ।
आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले प्रदेश सभामा बजेट प्रस्तुत गर्दै धनकुटाको चौबिसे क्षेत्रमा आईटी पार्क निर्माण गरिने जानकारी दिए।
उनका अनुसार आईटी पार्क निर्माण तथा सञ्चालनका लागि चालु आर्थिक वर्षमा दुई करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
प्रदेश सरकारले सूचना प्रविधि क्षेत्रको विकास, डिजिटल पूर्वाधार विस्तार तथा युवाहरूलाई प्रविधिमैत्री अवसर सिर्जना गर्ने उद्देश्यले उक्त योजना अघि बढाएको जनाएको छ।
आईटी पार्क स्थापना भएपछि सूचना प्रविधि क्षेत्रमा अध्ययन, अनुसन्धान तथा उद्यमशीलता प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।


