सङ्खुवासभाको सिलिचोङमा पहिरो : २८ घरपरिवार विस्थापित, विद्युत् सेवा अवरुद्ध
सङ्खुवासभा । अविरल वर्षापछि गएको पहिरोका कारण सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ मा २८ घरपरिवार विस्थापित भएका छन्।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार बस्तीमाथिको जमिन चिरा–चिरा परेर बग्न थालेपछि जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिका अध्यक्ष भुपाल मेवाहाङले जानकारी दिए।
पहिरोका कारण उक्त क्षेत्रमा विद्युत् सेवा पनि अवरुद्ध भएको छ। प्रभावित क्षेत्रमा स्थानीय तह, प्रहरी तथा सम्बन्धित निकायले अवस्थाको अनुगमन तथा आवश्यक व्यवस्थापन गरिरहेका छन्।


