नाटकीय रूपमा अन्तिममा खेल उल्टाउँदै बेल्जियम अन्तिम १६ मा सुरक्षित

काठमाडौं, १८ असार । आफ्नो २-० को अग्रता सम्हाल्न नसक्दा कंगो झै सेनेगलको पनि फिफा विश्वकप २०२६ को अन्तिम १६ मा पुग्ने सपना चकनाचुर भएको छ । 

 

अन्तिम समयसम्म् दबाबमा परेर पुनः खेलमा फर्किएको बेल्जियमले नाटकीय रूपमा अन्तिम १६ मा प्रवेश गर्न सफल भएको छ । 

 

सेनेगलसँग २ गोलले पछि परेको अवस्था उल्टाउँदै सेनेगललाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरेको हो । 

 

सिएटल स्टेडियममा सेनेगलले पहिलो हाफको २५औं मिनेटमा हाबिब डिआरा र दोस्रो हाफ सुरू हुने बितिक्कै ५१औं मिनेटमा इस्माइला सारको गोलमा २–० को बलियो अग्रता बनाएको थियो। 

अन्तिम समयसम्म बेल्जियम विश्वकपबाट बाहिरिने अवस्थामा पुगेको अनुमान गरिरहेको बेला खेलको अन्तिम ४ मिनेटमा बेल्जियमले उत्कृष्ट पुनरागमन गर्‍यो। ८६औं मिनेटमा वैकल्पिक खेलाडी रोमेलु लुकाकुले थोमस म्युनियरको क्रसमा गोल गर्दै टोलीलाई २–१ मा फर्काए।

 

त्यसको ३ मिनेट भित्रै युरी टिलेमान्सले हेडमार्फत गोल गर्दै खेल २–२ को बराबरीमा पुर्‍याए। निर्धारित समय २–२ को बराबरीमा सकिए पछि खेल अतिरिक्त समयमा लगियो । अतिरिक्त समयको इन्जुरी समयमा बेल्जियमले पेनाल्टी पायो, भिएआर समीक्षा पछि रेफ्रीले बेल्जियमलाई पेनाल्टी दिएका थिए। जुन टिलेमान्सले हानेको पेनाल्टी किकमा नै बेल्जियम अन्तिम १६ मा सुरक्षित हुन सफल भयो ।

 
बेल्जियमले अब उसले अमेरिकन टोलीसँग खेल्नेछ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।