भानु जयन्तीमा एभरेष्टमा कविता वाचन प्रतियोगिता र स्रष्टालाई सम्मान

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट माध्यामिक विद्यालयले आज भानु जयन्तीका अवसरमा कविता वाचन प्रतियोगिता र स्रष्टालाई सम्मान गरेको छ ।

विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा कक्षा ११ र १२ का २४ प्रतियोगीले विभिन्न शिर्षकमा कविता वाचन गरेका थिए । ति मध्ये उत्कृष्ट चारलाई नगद सहित ट्रफिले पुरस्कृत गरिएको छ । ‘भानु हेर तिम्रो देश’ शिर्षकमा कविता वाचन गर्नु कक्षा १२ की छात्रा सौमिका ढकाल प्रथम हुँदै नगद १० हजार राशि प्राप्त गर्नुभयो । यस्तै कक्षा १२ का प्रेम खतिवडा ‘फर्कि आउ घर’ शीर्षकको कविता वाचन गर्दै दित्तिय हुनुभयो । उहाँले नगद ७ हजार रुपैयाँ प्राप्त गर्नुभयो ।

‘प्रकृतिको मौन पुकार’ शिर्षकमा कविता वाचन गर्नुभएका कक्षा ११ का आर्जन बरालले तृतीय हुँदै नगद ५ हजार र कक्षा १२ का रियोज मास्केले ‘मुकुन्डो र मुकुट’ शिर्षकमा कविता वाचन गर्दै सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो । मास्के नगद ३ हजार सहित पुरस्कृत हुनुभयो ।

साहित्यकार कवयित्री निर्मला कोइराला र कवि मीनकुमार नवोदित निर्णायक रहनुभएको कार्यक्रममा प्रतियोगिहरुले विभिन्न क्षेत्रका विषयलाई समेटेर कविता वाचन गरेका थिए । कार्यक्रमका अवसरमा साहित्यकार तथा कवि रोहिणी रशिकलाई सम्मान गरिएको थियो । उहाँलाई कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तथा राष्ट्रियसभाका पूर्व सदस्य खेम नेपाली र विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले दोसल्ला, सम्मानपत्र र नगद १५ हजार ५ रुपैयाँले सम्मान गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खेम नेपालीले कविताका माध्यमबाट ठूला–ठूला परिवर्तन सम्भव रहेको भन्दै विद्यार्थीहरुलाई निरन्तरताका लागि हौसला प्रदान गर्नुभयो । उहाँले कविताले देशको संस्कृति, सभ्यता र इतिहासलाई जीवन्त राख्ने भन्दै त्यसतर्फ ध्यान दिन आवश्यक रहेको बताउनुभयो । २१३ औं जन्मजयन्ती मनाइरहँदा पनि भानुभक्तका अमर कृतिहरु ताजै रहेको चर्चा गर्दै उहाँले कला साहित्यले मानिसलाई भौतिक शरिर नरहेपनि सदैव अमर राख्ने बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष तथा विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले समयक्रम सँगै पुस्तान्तरण र हस्तान्तरण हुनु प्रकृतिको नियम रहेको बताउनुभयो । उहाँले पुस्तान्तरण र हस्तान्तरणको नाममा इतिहास र अग्रजको अवमूल्यन भने गर्न नहुने बताउनुभयो । नयाँका नाममा विगतका इतिहास मास्न थालियो भने त्यसले अस्तित्व नै धरापमा पर्ने र अग्रजहरूप्रति अपमान हुने उहाँले बताउनुभयो ।

कविता वाचन प्रतियोगिता र स्रष्टालाई सम्मान गर्नु पनि भानुभक्तले नेपाली साहित्यमा पुर्‍याएको योगदानको स्मरण गर्न– गराउनका लागि रहेको उहाँले बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कोषाध्यक्ष सुदिप कोइराला, विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरी, शिक्षक–शिक्षिकाहरु, तथा कक्षा ११ र १२ का विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖