पत्रकार प्रिमेश शिवाकोटीको निधन, रौतहटको सञ्चार क्षेत्र शोकमा

 

रौतहट, २९ असार। नेपाल प्रेस युनियन रौतहटका अध्यक्ष तथा अन्नपूर्ण पोस्ट दैनिकका रौतहट संवाददाता प्रिमेश शिवाकोटीको उपचारका क्रममा निधन भएको छ। उनी ३६ वर्षका थिए।

रौतहटको चन्द्रपुर नगरपालिका–७ निवासी शिवाकोटीको सोमबार बिहान चितवनस्थित सीएमसी अस्पतालमा निधन भएको हो। केही समययता मृगौलासम्बन्धी समस्याबाट पीडित उनी उपचारका लागि चितवनमा भर्ना भएका थिए। स्वास्थ्य अवस्थामा सुधार नआएपछि उपचारकै क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

शिवाकोटी रौतहटमा क्रियाशील पत्रकारका रूपमा परिचित थिए। नेपाल प्रेस युनियन रौतहटका अध्यक्षको जिम्मेवारी सम्हाल्दै उनले अन्नपूर्ण पोस्ट दैनिकका रौतहट संवाददाताका रूपमा लामो समयदेखि पत्रकारिता गर्दै आएका थिए। उनी समाचार लेखनसँगै सामाजिक सरोकारका विषयमा पनि सक्रिय रहँदै आएका थिए।

उनको असामयिक निधनले रौतहटको पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै पत्रकार, विभिन्न सञ्चार संस्था तथा शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गरेका छन्।

दिवंगत शिवाकोटीका परिवारमा श्रीमती र एक छोरी छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।