भारतीय नम्बर प्लेटको कारबाट १८ सय एम्पुल र ५१० ट्रामाडोल क्याप्सुल बरामद, पाँच भारतीय पक्राउ

काठमाडौं, असार २९ — भारतीय नम्बर प्लेटको कारभित्र लुकाएर पोखरासम्म ल्याइएको ठूलो परिमाणको लागूऔषधसहित पाँच जना भारतीय नागरिक पक्राउ परेका छन्।

लागूऔषध नियन्त्रण ब्यूरोको शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले इलाका प्रहरी कार्यालय डाँडाको सहयोगमा असार २८ गते कास्कीको पोखरा महानगरपालिका–३२, मजुवाबाट कारबाही गर्दै भारतीय नम्बर प्लेट UP53Y7704 भएको कारबाट नियन्त्रित लागूऔषध बरामद गरेको हो।

प्रहरीका अनुसार कारभित्र लुकाइराखिएको बुप्रेनोर्फिन, डाइजेपाम र फेनारगनका १,८०० एम्पुल तथा ट्रामाडोलका ५१० क्याप्सुल बरामद गरिएको छ। घटनामा संलग्न पाँचै जना भारतीय नागरिकलाई पक्राउ गरी थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएको छ।

पक्राउ पर्नेहरू भारतको उत्तर प्रदेश, गोरखपुर क्षेत्रका २७ वर्षीय विकास कुमार, २९ वर्षीय बर्जली पासवान, ३३ वर्षीय अभय कुमार मिश्र, ३३ वर्षीय प्रीतम कुमार र २५ वर्षीय अभिषेक कुमार पासवान रहेका छन्।

प्रहरीले लागूऔषधसँगै भारतीय नम्बर प्लेटको कार, पाँच थान मोबाइल फोनसमेत बरामद गरेको जनाएको छ।

लागूऔषध नियन्त्रण ब्यूरोले लागूऔषध ओसारपसार र कारोबारविरुद्धको अभियानलाई निरन्तर तीव्र बनाइएको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖