आत्मदाहको प्रयास गरेका विवेक यादवको उपचारका क्रममा निधन

काठमाडौं, असार ३० — आत्मदाहको प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन भएको छ।

कीर्तिपुरस्थित बर्न अस्पतालका निर्देशक डा. किरण नकर्मीका अनुसार यादवको सोमबार राति करिब २ बजे उपचारकै क्रममा मृत्यु भएको हो।

गम्भीर अवस्थामा रहेका यादवलाई शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं ल्याई साँझ करिब ७:३० बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो। उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।

आफन्तका अनुसार बायोलोजी विषयमा एमएस्सी गरेका विवेक विगत करिब एक वर्षदेखि मानसिक तनावमा रहेका थिए।

यसअघि राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको पनि उपचारका क्रममा शुक्रबार निधन भएको थियो। त्यसैगरी, गत शनिबार काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन बस्नेतको सोही दिन मृत्यु भएको थियो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖