बाल यौन दुर्व्यवहार मुद्दाका फरार प्रतिवादी पाँचथरबाट पक्राउ
पाँचथर । बाल यौन दुर्व्यवहार मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पाँचथरको कुम्मायक गाउँपालिका–३ रानिगाउँ सिम्राका ३० वर्षीय बिरेन्द्र खत्री रहेका छन्।
पाँचथर जिल्ला अदालतले २०८२ असार ४ गतेको फैसलाअनुसार खत्रीलाई बाल यौन दुर्व्यवहार मुद्दामा २० दिन कैद र १५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। फैसला पछि फरार रहेका उनलाई प्रहरीले खोजतलासका क्रममा पक्राउ गरेको हो।
पक्राउ परेका खत्रीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि पाँचथर जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय पांचथरले जनाएको छ।


