मोरङमा मलद्वारमा लुकाएर ल्याइएको २६.५१ ग्राम खैरो हेरोइन सहित दुई जना पक्राउ
मोरङ । भारतबाट नेपालतर्फ खैरो हेरोइन ल्याउँदै गरेका दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट २६ ग्राम ५१० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका–१ घर भई हाल मोरङको पथरीशनिश्चरे नगरपालिका–१ बस्दै आएका २३ वर्षीय सम्योक वानेम फागो र सोही स्थानकी २० वर्षीया भूमिका फागो रहेका छन्।
प्रहरीका अनुसार रंगेली नगरपालिका–६ स्थित पुरानो भन्सार टोलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शंकाका आधारमा चेकजाँच गर्दा दुवैले मलद्वारमा लुकाएर राखेको कालो प्लास्टिकको पोका फेला परेको थियो।
जाँचका क्रममा सम्योकको साथबाट १५ ग्राम ४४० मिलिग्राम र भूमिकाको साथबाट ११ ग्राम ७० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध नियन्त्रण ब्युरो, विराटनगर शाखाको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


