कटुवा पेस्तोल र दुई राउन्ड गोली सहित भारतीय नागरिक पक्राउ
सिरहा । सिरहा प्रहरीले एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतका अन्दाजी २६ वर्षीय रोशन कुमार यादव रहेका छन्। उनलाई सिरहा नगरपालिका–७ क्षेत्रमा नियमित चेकजाँचका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार भारतीय नम्बर प्लेट BR07AZ4215 रहेको मोटरसाइकलमा लुकाइछिपाइ राखिएको अवस्थामा एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोली बरामद गरिएको हो।
बरामद गरिएको पेस्तोल, गोली तथा मोटरसाइकलसहित पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


