श्रीमतीको कुटपिटपछि मृत्यु, श्रीमान् पक्राउ

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० फगिरे चौराहामा श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा स्थानीय अन्दाजी ४५ वर्षीय रनबहादुर सुनार रहेका छन्। उनले आफ्नी ४२ वर्षीया श्रीमती पारु सुनारलाई कुटपिट गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ।

घाइते पारुलाई उपचारका लागि दोधारा चाँदनी अस्पताल लगिएको थियो। अस्पतालमा प्रारम्भिक उपचारपछि अवस्था गम्भीर रहेको भन्दै चिकित्सकले सुविधासम्पन्न अस्पतालमा रिफर गरेका थिए। तर, उनलाई थप उपचारका लागि अन्यत्र नलगिई घरमै राखिएको र सोही क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रनबहादुर सुनारलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖