मोरङको केराबारीमा ट्रिपरको ठक्करबाट घाइते वृद्धाको उपचारकै क्रममा मृत्यु
मोरङ । मोरङको केराबारी गाउँपालिका–५ चम्पाखोलिमा ट्रिपरको ठक्करबाट गम्भीर घाइते भएकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ।
शुक्रबार बिहान करिब ८ः४० बजे पैदल हिँडिरहेकी ७० वर्षीया विष्णुमाया मगरलाई ट्रिपरले ठक्कर दिएको थियो। दुर्घटनापछि इलाका प्रहरी कार्यालय केराबारीको टोलीले तत्काल उद्धार गरी उपचारका लागि धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो।
अस्पताल पुर्याइएलगत्तै चिकित्सकले मगरलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न ट्रिपर र चालकलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ।


