कोशीमा लागू औषध सहित पाँच जना पक्राउ, ३४ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद

विराटनगर, साउन २ । कोशी प्रदेश प्रहरीले लागू औषधविरुद्ध सञ्चालन गरिरहेको महाअभियान अन्तर्गत विभिन्न जिल्लाबाट लागू औषध कारोबारमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार पक्राउ परेकाहरूको साथबाट ब्राउन सुगर ३४ ग्राम २८० मिलिग्राम, लागू औषधका १८६ ट्याब्लेट, २७ क्याप्सुल तथा एक थान स्कुटी बरामद गरिएको छ।

झापाको बिर्तामोड नगरपालिका–५ मा लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त टोलीले भारत, पश्चिम बंगालका ३४ वर्षीय कमल बर्मनलाई ३१ ग्राम १७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो।

त्यसैगरी मेचीनगर नगरपालिका–६ बाट इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाको टोलीले ४५ वर्षीय अवित राईलाई ३ ग्राम ११० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–६ मा इलाका प्रहरी कार्यालय बेल्टारको टोलीले चौदण्डीगढी–२ निवासी गोपाल खड्कालाई ट्रामाडोल १५९ ट्याब्लेट सहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

यस्तै, सुनसरीको बराहक्षेत्र नगरपालिका–५ मा इलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी भरौलको संयुक्त टोलीले प्र.१–०२–०४६ प २३३३ नम्बरको स्कुटीमा सवार बराहक्षेत्र–४ का विक्रम विश्वकर्मा र अर्का एक जनालाई ट्रामाडोल २७ क्याप्सुल तथा स्पास्पेन २७ ट्याब्लेट सहित पक्राउ गरेको छ।

पक्राउ परेका सबैविरुद्ध लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖