संखुवासभामा श्रीमतीलाई खुकुरी प्रहार गरि हत्या गर्ने श्रीमान पक्राउ
संखुवासभा । संखुवासभाको मादी नगरपालिका–४ डाँडागाउँमा घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्।
प्रहरीका अनुसार चैनपुर नगरपालिका–७ घर भई हाल मादी–४ डाँडागाउँ बस्दै आएका अन्दाजी ५६ वर्षीय अमरबहादुर सार्कीले आफ्नी ४३ वर्षीया श्रीमती फुलमाया मुदेललाई खुकुरी प्रहार गरी हत्या गरेका हुन्।
घरायसी विवाद चर्किएपछि उनले घरमै रहेको धारिलो हतियार (खुकुरी) प्रयोग गरी श्रीमतीमाथि आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले हत्या गर्न प्रयोग गरिएको खुकुरी बरामद गर्दै अमरबहादुर सार्कीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।


