कानेपोखरीको सावायोहाङ किराँत मन्दिरबाट चोरी, तीन जना पक्राउ

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–५ स्थित सावायोहाङ किराँत महिम मन्दिरबाट चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साउन १ गते राति करिब ११ बजे कानेपोखरी चोकमा अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको टोलीले सवारी चेकजाँचका क्रममा तीन जनामाथि शंका लागेपछि सोधपुछ तथा अनुसन्धान गरेको थियो।

अनुसन्धानका क्रममा उनीहरूको साथबाट नगद ६६५ रुपैयाँ, को ३४ प ५७७९ नम्बरको स्कुटर, ६२ थान ढकी डलर, ६० थान तामाका कलश, १२ थान घण्टी, ४६ थान तामाका दियो, ३ थान तामाका थाली, १ थान पिलास, १ थान फलामको ह्याम्बर तथा ताला फुटाउन प्रयोग हुने १ थान फलामको रड बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद सामग्रीबारे सोधपुछ गर्दा उनीहरूले कानेपोखरी–५ स्थित सावायोहाङ किराँत महिम मन्दिरबाट चोरी गरी ल्याएको खुलेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरू उर्लाबारी नगरपालिका–७ का २६ वर्षीय विवेक विश्वकर्मा, ३१ वर्षीय दिवस दर्जी र १८ वर्षीय अर्जुन दर्जी रहेका छन्।

उनीहरूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पथरीमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖