झापामा २२.१५ ग्राम खैरो हेरोइनसहित एक पक्राउ
झापा । झापाको दमक नगरपालिका–१ हवल्दारचोकस्थित एक टपरी होटलबाट खैरो हेरोइनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका–४ पालिका टोल निवासी ३५ वर्षीय पूर्णकुमार राई रहेका छन्। लागुऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा उनले लुकाएर राखेको अवस्थामा खैरो हेरोइनजस्तो देखिने २२.१५ ग्राम लिसाइलो पदार्थ बरामद गरेको हो।
प्रहरीले राईलाई उक्त लागुऔषधसहित नियन्त्रणमा लिएको छ। साथै, उनको साथबाट एउटा मोबाइल फोन र मे १० प ३९७० नम्बरको पल्सर मोटरसाइकल पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


