ओखलढुंगामा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी रसुवाबाट पक्राउ
ओखलढुंगा । जबरजस्ती करणी मुद्दामा वारदातपछि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले रसुवाबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार सांकेतिक नाम २०८२/२०८३ नं. १ को जाहेरीमा नेपाल सरकार वादी र दिलकुमार कार्की प्रतिवादी रहेको मुद्दामा फरार रहेका कार्कीलाई खोजतलास गर्ने क्रममा साउन १ गते जिल्ला रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ स्याफ्रुबेसीबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार प्रतिवादी लुकिछिपी बसिरहेको अवस्थामा फेला परेपछि पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा ल्याइएको थियो।
पक्राउ परेका कार्कीविरुद्ध जिल्ला अदालत ओखलढुंगाबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।


