अनियन्त्रित मिनी ट्रक घरमा ठोक्किँदा एकको ज्यान गयो, चालक पक्राउ

बारा, ५ साउन। बाराको कलैया उपमहानगरपालिका–४ स्थित गुप्ता पेट्रोल पम्प नजिक गएराति भएको मिनी ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

 

सोमबार राति करिब १२ः३० बजे बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा १ क ४८३६ नम्बरको खाली टाटा मिनी ट्रक अचानक अनियन्त्रित भई सडकछेउमा रहेको स्थानीय सुरेश साह कानुको घरमा ठोक्किएको प्रहरीले जनाएको छ।

 

दुर्घटनामा ट्रकमा सवार जितपुरसिमरा उपमहानगरपालिका–८ इमलीप्रती निवासी ४० वर्षीय शिवनारायण पासवान गम्भीर घाइते भएका थिए। उनलाई तत्काल प्रादेशिक अस्पताल कलैयामा उपचारका लागि लगिएको भए पनि उपचारकै क्रममा राति १२ः५० बजे मृत्यु भएको बारा प्रहरीका प्रवक्ता डीएसपी मिनबहादुर घलेले जानकारी दिए।

 

दुर्घटनामा सोही स्थानका ५० वर्षीय देवनारायण चौधरी पनि घाइते भएका छन्। उनको टाउको तथा दुवै हातखुट्टामा चोट लागेको छ भने अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

 

घटनालगत्तै अस्थायी प्रहरी पोस्ट बसपार्क र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले ट्रक चालक रौतहटको गुजरा नगरपालिका–९ सिमरा भवानीपुर निवासी २७ वर्षीय राजु कुमार चौधरीलाई नियन्त्रणमा लिएको छ।

 

दुर्घटनाबाट ट्रकको अगाडिको भागमा क्षति पुगेको छ भने घरको एकातर्फको पर्खाल भत्किएको छ। दुर्घटनापछि सडक यातायात भने अवरुद्ध नभएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖