झापाको दमकमा घरेलु विवाद: श्रीमान–श्रीमती दुवैको मृत्यु
झापा । झापाको दमक नगरपालिका–१ सिरपाली चोकमा श्रीमान–श्रीमतीबीच भएको आपसी विवादमा दुवै जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार ४२ वर्षीय धनबहादुर दर्जीले विवादका क्रममा आफ्नी श्रीमती विजयकुमारी दर्जीमाथि खुकुरी प्रहार गरेका थिए। त्यसपछि उनले आफूले पनि पासो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि दमक अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका छन्।
घटनाको जानकारी प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ। घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


