​हिट एन्ड रन घटनाका फरार चालक गाडी सहित इटहरीबाट पक्राउ

मोरङ, ७ साउन । मोरङको कानेपोखरीमा पैदल यात्रीलाई ठक्कर दिएर फरार भएका गाडी चालकलाई प्रहरीले गाडीसहित पक्राउ गरेको छ।
 
​इलाका प्रहरी कार्यालय पथरीका अनुसार गत साउन ३ गते पूर्व-पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका वडा नं. ७ मा तत्काल नम्बर नखुलेको सवारी साधनले पैदल यात्री पथरीशनिश्चरे-१० त्रिवेणी चोक बस्ने ६० वर्षका गोबिन्द लिम्बुलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका लिम्बुको उपचारका क्रममा मृत्यु भएपछि प्रहरीले ‘सवारी ज्यान’ सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान तथा खोजतलास तीव्र बनाएको थियो।
​
इलाका प्रहरी कार्यालय पथरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले खोजतलास गर्ने क्रममा साउन ६ गते  उक्त दुर्घटनामा संलग्न गाडी र चालकलाई नियन्त्रणमा लिएको हो।
 
​प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका-५ स्थित ‘हेभी इक्वुमेन्ट सडक डिभिजन विभाग इटहरी’ को कार्यालय परिसरभित्र लुकाइछिपाई राखिएको अवस्थामा बा २ झ २२२६ नम्बरको गाडी र त्यसका चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको समन्वयमा नियन्त्रणमा लिएको जानकारी दिएको छ।

​दुर्घटनामा संम्लग्न चालक सिरहा जिल्ला, सुखीपुर गाउँपालिका वडा नं. ८ बस्ने ४४ वर्षका राम उद्गार मण्डललाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायब उपरीक्षक वीर दत्त पन्तले जानकारी दिए ।

​पक्राउ परेका चालक र नियन्त्रणमा लिइएको गाडीलाई इलाका प्रहरी कार्यालय पथरी, मोरङमा ल्याएर घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖