२० वर्ष कैद सजायका फरार प्रतिवादी २३ वर्षपछि म्याग्दीबाट पक्राउ

म्याग्दी । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादीलाई म्याग्दी प्रहरीले २३ वर्षपछि पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रघुगंगा गाउँपालिका–४ दग्नामका ४५ वर्षीय गुनबहादुर पुर्जा रहेका छन्।

प्रहरीका अनुसार पुर्जा तत्कालीन सशस्त्र जनयुद्धका क्रममा विसं २०६० साल चैत ७ गते भएको म्याग्दी आक्रमणका बेला पुर्पक्षका लागि जिल्ला कारागार म्याग्दीमा रहेका अवस्थामा फरार भएका थिए।

सम्मानित जिल्ला अदालत म्याग्दीले कर्तव्य ज्यान मुद्दामा उनलाई २० वर्ष कैद सजाय सुनाएको थियो। हालसम्म उनले १९ वर्ष ७ महिना कैद सजाय भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिनाको कमाण्डमा खटिएको प्रहरी टोलीले शुक्रबार राति करिब १२ः३० बजे रघुगंगा गाउँपालिका–४ बाट करिब ५ किलोमिटर टाढा लेकमा रहेको गोठमा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका पुर्जालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीमा ल्याई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।