खुकुरी प्रहार गरी महिलाको हत्या, आरोपित स्थानीयको कुटाइपछि गम्भीर

सञ्जय मिश्रा.रौतहट, ८ साउन।  रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर टोलमा शुक्रबार बिहान भएको खुकुरी प्रहारको घटनामा एक महिलाको मृत्यु भएको छ। 

घटनामा संलग्न आरोपितलाई स्थानीयवासीले नियन्त्रणमा लिएर कुटपिट गरेपछि उनी पनि गम्भीर घाइते भएका छन्।

 

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त गौतमका अनुसार बिहान करिब १०ः ३० बजे स्थानीय चन्देश्वर साह कलवारकी श्रीमती अन्दाजी ४०–४५ वर्षीया रेनुदेवी जयसवालमाथि धारिलो हतियार खुकुरी प्रहार गरिएको थियो। घाँटीमा गम्भीर चोट लागेका कारण उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

 

प्रहरीका अनुसार बाराको करैयामाई गाउँपालिका–८ इटहर बेलाही टोल स्थायी घर भई हाल गुजरा–५ हरिहरपुरमा बस्दै आएका न्दाजी ३५ वर्षीय उपेन्द्र साह कलवारले उक्त आक्रमण गरेका हुन्।

 

घटनापछि आक्रोशित स्थानीयले उपेन्द्रलाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए। गम्भीर घाइते भएका उनलाई उपचारका लागि चन्द्रपुर अस्पताल, चन्द्रनिगाहपुर लगिएको छ। उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।

 

घटनाको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लक्ष्मिनियाबाट प्रहरी निरीक्षक रादेशकुमार खत्रीको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको मुचुल्का तथा अन्य कानुनी प्रक्रिया अघि बढाएको छ।

 

घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाका सबै पक्षबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

 

(तस्विर बिचलित बनाउने खालकाे छ, कालाे बनाउनुहाेला)

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।