नेपालको प्रधानन्यायधिस शर्मालाई भारतमा भब्य स्वागत

नयाँदिल्ली, ८ साउन । भारतीय सर्वोच्च अदालतले नेपालका प्रधान न्यायाधीशसहित पाँच मुलुकका वरिष्ठ न्यायाधीशहरूको प्रतिनिधिमण्डललाई स्वागत गरेको छ।

 

सो क्रममा भारतका प्रधानन्यायाधीश सूर्यकान्तले इजलास नम्बर १ मा भ्रमणमा आएका विशिष्ट अतिथिहरूको परिचय गराएका थिए ।

यस प्रतिनिधिमण्डलमा नेपालका प्रधानन्यायाधीश मनोजकुमार शर्मा, बेलायतको सर्वोच्च अदालतका न्यायाधीश, भुटानको सर्वोच्च अदालतका न्यायाधीश तथा ब्राजिल र केन्याका न्यायाधीशहरू सहभागी रहेका छन ।

 

भारतका महान्यायाधिवक्ता आर वेन्कटारमणीले प्रतिनिधिमण्डललाई स्वागत गर्दै भारतलाई विविध परम्परा र न्यायिक मूल्य मान्यताको संगमस्थलको रूपमा वर्णन गरेका छन ।

 

‘भारत संस्कृति र मूल्य मान्यताको सङ्गम हो। हामी आज साँझ हुने अन्तरक्रिया प्रति उत्सुक छौँ। यसले भारतको स्वदेशी न्यायशास्त्रलाई पनि दर्शाउनेछ,’ उनले भने ।

 

सोलिसिटर जनरल तुषार मेहताले पनि उनको भनाईमा सहमति जनाउँदै यो छोटो भ्रमणले देशको एउटा झलक मात्र प्रस्तुत गर्ने बताए । ‘विविधतायुक्त भारत उत्कृष्ट देशहरूमध्ये एक हो तर भारतजस्तो देशलाई बुझ्न र घुम्न दुई दिनको समय निकै कम हो,’ मेहताले भने ।

 

सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता विकास सिंहले पनि भ्रमणमा आएका न्यायाधीशहरूलाई स्वागत गर्दै यस अवसरको महत्त्व माथि प्रकाश पारेका थिए ।

 

‘यो एउटा महत्त्वपूर्ण क्षण हो र हामी सबै न्यायाधीशहरूलाई युनिकिटरलको ६० औँ वार्षिकोत्सवमा सहभागी हुन स्वागत गर्दछौं, हाम्रो न्यायप्रणालीलाई अन्तर्राष्ट्रिय स्तरमै पछ्याइएको छ,’ सिंहले भने ।

 

यो भेटघाट संयुक्त राष्ट्रसङ्घीय अन्तर्राष्ट्रिय व्यापार कानून आयोग (युनिकिटरल) को ६० औँ वार्षिकोत्सव मनाउने कार्यक्रम अघि भएको हो। सन् १९६६ मा संयुक्त राष्ट्रसङ्घीय महासभाद्वारा स्थापित युनिकिटरल अन्तर्राष्ट्रिय व्यापार कानूनको सामञ्जस्यता र आधुनिकीकरणका लागि जिम्मेवार मुख्य राष्ट्रसङ्घीय निकाय हो। सन् २०२६ मा यसको ६० औँ वार्षिकोत्सव परेको छ।

 

वार्षिकोत्सवको हिस्सा स्वरूप युनिकिटरलले जुलाई २०२६ देखि जुलाई २०२७ को बीचमा सदस्य राष्ट्रहरूमा स्मरणीय कार्यक्रमहरू आयोजना गर्न प्रोत्साहन गरिरहेको छ। यसको उद्देश्य अन्तर्राष्ट्रिय व्यावसायिक कानूनका विकासहरूबारे छलफल गर्न न्यायाधीशहरू, सरकारहरू, शिक्षाविद्हरू र मध्यस्थता ९ब्चदष्तचबतष्यल० विज्ञहरूलाई एक ठाउँमा ल्याउनु हो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।