भोजपुरमा ७ सय गाँजाका बोट तथा बेर्ना फडानी गरी नष्ट

भोजपुर । भोजपुर प्रहरीले जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा लगाइएका तथा प्राकृतिक रूपमा उम्रिएका गाँजाका बोट र बेर्ना फडानी गरी नष्ट गरेको छ।

प्रहरीका अनुसार साउन ८ गते इलाका प्रहरी कार्यालय घोडेटार, इलाका प्रहरी कार्यालय बोयाङ तथा प्रहरी चौकी हसनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले हतुवागढी र आमचोक गाउँपालिकाका विभिन्न डाँडापाखामा अभियान सञ्चालन गरेको थियो।

अभियानका क्रममा करिब तीन रोपनी क्षेत्रफलमा फैलिएका ७ सय वटा गाँजाका बेर्ना र नाभो बोट फडानी गरी जलाएर नष्ट गरिएको प्रहरीले जनाएको छ।

जिल्लामा अवैध लागूऔषध खेती नियन्त्रणका लागि यस्ता अभियानलाई निरन्तरता दिइने प्रहरीको भनाइ छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।