साम्प्रदायिक संवेदनशीलता बीच रौतहटमा एसएसपी जबराको निरीक्षण

सञ्जय मिश्रा,
रौतहट, १८ साउन। मधेश प्रदेशका विभिन्न जिल्लामा पछिल्ला दिनमा देखिएको साम्प्रदायिक तनाव र सुरक्षा चुनौतीका बीच नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएका एसएसपी दीप शमशेर जबराले आइतबार जिल्ला प्रहरी कार्यालय रौतहटको निरीक्षण तथा सुरक्षा अवस्थाबारे समीक्षा गरेका छन्।

निरीक्षणका क्रममा एसएसपी जबराले जिल्ला प्रहरी कार्यालय रौतहट का प्रमुख एसपी सिताराम रिजाल तथा कार्यरत प्रहरी कर्मचारीलाई सम्बोधन गर्दै जिल्लाको समग्र शान्ति–सुरक्षा अवस्थालाई थप सुदृढ बनाउन निर्देशन दिएका हुन्। उनले उपलब्ध प्रहरी जनशक्ति र स्रोत–साधनको प्रभावकारी परिचालन, सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन, सूचना संकलन तथा विश्लेषण, अपराध अनुसन्धानलाई थप सशक्त बनाउने तथा नागरिकमैत्री प्रहरी सेवामा विशेष ध्यान दिन आग्रह गरेका छन्।

उनले बदलिँदो सुरक्षा अवस्थाको निरन्तर मूल्याङ्कन गर्दै सम्भावित जोखिमलाई समयमै पहिचान गरी आवश्यक सुरक्षा रणनीति अवलम्बन गर्न निर्देशन दिएका छन्। साथै मधेश प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबीच प्रभावकारी समन्वय कायम गरी जिल्लामा कुनै पनि प्रकारको अप्रिय अवस्था सिर्जना हुन नदिन विशेष सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन्।

एसएसपी जबराले प्रहरी आचरण, अनुशासन र व्यावसायिकता कायम राख्दै जिम्मेवारीपूर्ण ढंगले कार्यसम्पादन गर्न जिल्ला प्रहरी प्रमुख एसपी सिताराम रिजालसहित सम्पूर्ण प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।

पछिल्लो समय मधेशका केही जिल्लामा धार्मिक तथा साम्प्रदायिक संवेदनशीलता बढिरहेका बेला केन्द्रबाट वरिष्ठ प्रहरी अधिकारीलाई रौतहट खटाइनुलाई सरकारले सुरक्षा अवस्थालाई उच्च प्राथमिकतामा राखेको संकेतका रूपमा हेरिएको छ। रौतहट नेपाल–भारत सीमासँग जोडिएको संवेदनशील जिल्ला भएकाले सूचना संकलन, समन्वय र द्रुत सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले यस्तो निरीक्षण र निर्देशनलाई महत्वपूर्ण मानिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।