साम्प्रदायिक तनावले खरानी बनायो व्यवसाय : गोलबजारका तिनवटा पसलमा ३० करोडभन्दा बढीको क्षति

मुकेश कुमार यादव / सिरहा, १८ साउन । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपको प्रभाव सिरहाको गोलबजारसम्म फैलिँदा भएको हिंसा, आगजनी र तोडफोडबाट ठूलो आर्थिक क्षति भएको छ। गोलबजारका तिन व्यवसायमा मात्रै घरबाहेक करिब ३० करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको हो। 

 

 

साउन १० गतेबाट सुनसरीमा सुरु भएको साम्प्रदायिक तनावको असर साउन १३ र १४ गते सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा देखिएको थियो। प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भयो भन्ने एकजना घाइते भएका थिए। औरही गाउँपालिका २ तुल्सीपुरका १५ वर्षीय गणेश यादवको मृत्यु भएपछि स्थिति थप तनावग्रस्त बनेको थियो। त्यसपछि उग्र बनेको भीडले मुस्लिम समुदायका घर तथा व्यवसायमा आगजनी र तोडफोड गरेको थियो।

 

 

प्रत्यक्षदर्शीका अनुसार बिहीबार बिहान करिब दुउसो १ बजे गोलबजार नगरपालिका ११ का वडा अध्यक्ष सोहेव अनवरसहित करिब २० वटा मोटरसाइकलमा दुइदेखि तिनजना सबार भइ आएका व्यक्तिहरू गोलबजार प्रवेश गरेका थिए। ठुलो संख्यामा आएका केहीले धारिलो हाथ हतियार समेत बोकेको र अर्को पक्षलाइ गालीगलौज तथा ढुंगामुढा सुरु गरेपछि दुई पक्षबीच झडप भएको स्थानीयले दाबी गरेका छन्। स्थानियले गरेको दाबी र वडा अध्यक्ष अनवर सहित मोटरसाइकलमा गोलबजार तर्फ आइरहेको भिडियो समेत बहिरिएपछि वडा अध्यक्षको प्रत्यक्ष संलग्नता रहेको  पुष्टि भएको देखिन्छ। 

 

 

यता, वडा अध्यक्ष अनवरले भने, ´गाउँका युवाहरु बजारतिर जानथालेपछि उनिहरुलाइ सम्झाउन र आन्दोलन अझ नभड्किन दिन आफु त्याहा गएको स्वीकार गरे। उनले भने, ´मैले युवाहरूको आक्रोशलाइ सम्हाल्न आन्दोलनमा गएको हो। हिंसा भडकाउनेमा मेरो कुनै संलग्नता नरहेको उनको दाबी छ।

 

 

झडप चर्किएपछि प्रहरीले गोली चलाएको र त्यसक्रममा एक जनाको मृत्यु र एकजना घाइते भएपछि भीड नियन्त्रणबाहिर गएको थियो। त्यसपछि विभिन्न स्थानमा रहेका मुस्लिम समुदायका घर तथा पसलमा आगजनी र तोडफोड भएको स्थानीयको भनाइ छ।

 

 

प्रारम्भिक विवरणअनुसार गोलबजार ६ स्थित नेहाल हार्डवेयरमा सबैभन्दा ठूलो क्षति भएको अनुमान गरिएको छ। स्थानीयका अनुसार घरबाहेक मात्रै करिब २३ करोड रुपैयाँभन्दा बढीको सामान जलेर नष्ट भएको छ। त्यस्तै, सिरहा सुपरमार्केट (एबी मल) मा करिब १ करोड रुपैयाँभन्दा बढीको क्षति भएको सञ्चालक मोहम्मद जफिरले बताएका छन्। उनले भने, ´तल्लो तलामा रहेका अधिकांश सामान आगोले पूर्ण रूपमा नष्ट गरिदियो। वर्षौँको लगानी एकैछिनमा खरानी भयो।

 

 

यस्तै, गोलबजार नगरपालिका ८ चोहर्वा चोकस्थित न्यू असलम बस्त्रालयमा पनि घरबाहेक करिब ५ करोड रुपैयाँ बराबरको क्षति भएको सञ्चालक अस्लम खानले बताएका।

 

उनले, ´केही दिनअघि मात्रै दशैं, तिहार लक्षित करिब २ करोड रुपैयाँ बराबरको कपडा स्टक गरिएको थियो।चाडपर्वका लागि ल्याइएका सबै सामान जलेर नष्ट भए। दुई पुस्तादेखि यही व्यवसाय गर्दै आएका हामीलाई व्यवसाय मात्र होइन; बस्ने घरसमेत गुमाउनुपरेको प्रति दुःख व्यक्त गरे।

 

करिब ४५ वर्षदेखि चोहर्वा पुरानो चोकमा कपडा व्यवसाय गर्दै आएको परिवार अहिले पूर्ण रूपमा विस्थापित भएको उनले बताए। सरकारबाट न्याय, राहत र क्षतिपूर्तिको अपेक्षा रहेको उनको भनाइ छ।

 

 

असलमका बुवा आलमगिर खान भन्छन् , ´आगलागीमा पसलभित्र रहेका सम्पूर्ण कपडा, अन्य सामग्री तथा करिब २ लाख रुपैयाँ नगद जलेर नष्ट भएको छ। आगलागीले तीनतले घरमा समेत क्षति पुगेको र पसलमा कार्यरत पाँच जना कर्मचारीको रोजगारीसमेत गुमेको उनले बताए।

 

खानले, ´व्यवसाय विस्तारका लागि गोलबजार ११ बलकावास्थित जग्गा धितो राखेर एनआईसी एशिया बैंकबाट २ करोड ८ लाख रुपैयाँ कर्जा लिइएको थियो। आर्थिक समस्याका कारण समयमै कर्जा चुक्ता गर्न नसक्दा बैंकले धितो सम्पत्ति लिलाम गरिसकेको र अझै करिब २ करोड रुपैयाँ दाबी गरिरहेको उनले बताए। आर्थिक अभावकै कारण पसलको बीमा गर्न नसकिएको उनको भनाइ छ।

 

यता जिल्ला प्रशासन कार्यालय सिरहाले भने कर्फ्युका कारण हालसम्म क्षतिको पूर्ण विवरण संकलन हुन नसकेको जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार आइतबार बेलुकि ७ बजेदेखि कर्फ्यु हटाइएको छ भने सोमबारबाट प्रहरी परिचालन गरी आगजनी तथा तोडफोडबाट भएको क्षतिको विस्तृत विवरण संकलन सुरु गरिनेछ। प्रशासनले वास्तविक क्षतिको सरकारी तथ्यांक आउन अझै केही समय लाग्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।