महिला कर्मचारीको रहस्यमय मृत्यु, नायब सुब्बा पक्राउ

सुर्खेत । सुर्खेतमा एक महिला कर्मचारीको रहस्यमय मृत्यु प्रकरणमा जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कार्यरत एक नायब सुब्बालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय सुर्खेतका नायब सुब्बा कविलाल विसी रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराका अनुसार विसीलाई शनिबार नियन्त्रणमा लिइएको हो। उनीमाथि आत्महत्या दुरुत्साहनको कसुरमा आइतबार म्याद थप गरी अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार वीरेन्द्रनगरस्थित एकीकृत कृषि प्रयोगशालामा कार्यरत २७ वर्षीया चन्द्रा सिंह शनिबार बिहान प्रयोगशालाकै आवासगृहको बाथरुममा बेहोस अवस्थामा फेला परेकी थिइन्। उनका श्रीमान् महेश बस्नेतले उनलाई तत्काल प्रदेश अस्पताल कालागाउँ पुर्‍याएका थिए। उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।

मृतकका श्रीमान्ले दिएको उजुरीका आधारमा वीरेन्द्रनगरको खजुरा क्षेत्रबाट विसीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

चन्द्रा जाजरकोटको कुशे गाउँपालिका–९ पैँककी स्थायी बासिन्दा थिइन्। उनको विवाह भेरी नगरपालिका–१ कालेगाउँमा भएको थियो। उनी एकीकृत कृषि प्रयोगशालामा सहायक स्तर चौथो तहमा कार्यरत थिइन्। उनका एक छोरी छन्।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा नायब सुब्बा विसी र चन्द्राबीच शंकास्पद सन्देश आदानप्रदान (च्याट) भएको देखिएको छ। विसीले चन्द्रालाई ब्ल्याकमेल गरेको हुन सक्ने आशंकामा अनुसन्धान केन्द्रित गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको सबै पक्षबाट गम्भीरतापूर्वक अनुसन्धान भइरहेको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।