मोरङको बेलबारीमा मोटरसाइकल दुर्घटना, २९ वर्षीय युवकको मृत्यु
मोरङ । मोरङको बेलबारी नगरपालिका–९ बैराखुनीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
सोमबार राति करिब ११ बजे डाँगाबजारबाट बाहुनीतर्फ जाँदै गरेको को ३२ प ३२४३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक बेलबारी नगरपालिका निवासी २९ वर्षीय सनम खवास गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम पुर्याइएको थियो।
उपचारकै क्रममा मंगलबार राति करिब १ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


