मोरङमा एक महिलालाई नशालु पदार्थ खुवाएर जबर्जस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ

मोरङ । मोरङ प्रहरीले एक महिलालाई नशालु पदार्थ सेवन गराई जबर्जस्ती करणी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साउन १७ गते विराटनगर महानगरपालिका–५ बस्ने २५ वर्षीया सोनुमा लिम्बुले पीडित महिलालाई योजनाबद्ध रूपमा नशालु पदार्थ सेवन गराएर मोरङको लेटाङ नगरपालिका–१ स्थित ‘हाम्रो रिसोर्ट’मा पुर्‍याएको आरोप छ।

प्रहरीका अनुसार उक्त घटनामा केराबारी गाउँपालिका–८ निवासी ५० वर्षीय कमलबहादुर आले मगर र सुन्दरहरैँचा नगरपालिका–१० निवासी ३८ वर्षीय डम्बर खतिवडाको पनि मिलेमतो रहेको आरोप छ। रिसोर्टमा लगेर ज्यान मार्ने धम्की दिँदै डम्बर खतिवडाले जबर्जस्ती करणी गरेको आरोप लगाइएको प्रहरीले जनाएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय लेटाङले तीनै जनालाई पक्राउ गरेको हो। पक्राउ परेकामाथि मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी जबर्जस्ती करणी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।