दर्पन राईको चर्चित गीत ‘तिम्ले बाटो फेरेउ अरे’को REVIVE सार्वजनिक

हिराराज राई,धनकुटा । चर्चित नेपाली गीत ‘तिम्ले बाटो फेरेउ अरे’को REVIVE सार्वजनिक गरिएको छ। यसअघि यही गीतलाई गायिका जिग्मे छ्योकी घिसिङले सात वर्षको उमेरमा Child Version का रूपमा गाएकी थिइन्। Child Version गाएको दस वर्षपछि उनकै स्वरमा गीतलाई पुनः रेकर्ड गरी REVIVE श्रोतामाझ ल्याइएको हो।

गीतका सर्जक दर्पन राईले जिग्मेको स्वरमा गीतलाई REVIVE प्रस्तुत गरेका हुन्। नेपाली संगीतप्रेमीमाझ अत्यन्त लोकप्रिय बनेको यस गीतका यसअघि सिक्वेल–१, २, ३ र सिक्वेल–१ को Child Version समेत सार्वजनिक भइसकेका छन्।

गीतमा दर्पन राईको शब्द, टंक बुढाथोकीको संगीत, विशम आचार्यको एरेन्ज, किशोर थापाको मिक्सिङ तथा मास्टरिङ र राजेश श्रेष्ठको रेकर्डिङ रहेको छ। गीतको रेकर्डिङ एवन स्टुडियोमा गरिएको हो।

दर्पन राई गीतकार मात्र नभएर मोडेलसमेत हुन्। उक्त गीतलाई MMS Entertainment Pvt. Ltd. को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

बालस्वरमै लोकप्रिय बनेको ‘तिम्ले बाटो फेरेउ अरे’लाई अहिले परिपक्व स्वरमा पुनः प्रस्तुत गर्दा पनि जिग्मे छ्योकी घिसिङको गायनले श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। Child Version मा जस्तै REVIVE मा पनि उनको स्वरको मिठास र भावपूर्ण प्रस्तुतिले श्रोताको मन जित्न सफल भएको संगीतप्रेमीहरूको प्रतिक्रिया रहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖