धनकुटाको हिले स्थित बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिरको १६औँ वार्षिकोत्सव तथा नाग पञ्चमी मेला सम्पन्न

धनकुटा । धनकुटाको हिले बजारस्थित श्री बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर व्यवस्थापन समितिको १६औँ वार्षिकोत्सव तथा नाग पञ्चमी मेला सम्पन्न भएको छ।

समितिका अध्यक्ष लालचन्द्र गोङ्वाको अध्यक्षता तथा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको प्रमुख आतिथ्यमा वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा नगरप्रमुख तामाङले करिब १६ वर्षअघि नाग देवता प्रकट भएपछि पण्डितद्वारा प्राणप्रतिष्ठा गरी प्रत्येक नाग पञ्चमीमा मेला तथा पूजापाठ गर्दै आएको बताउनुभयो। उहाँले मन्दिर क्षेत्रको व्यवस्थापन तथा पूर्वाधार विकासका लागि नगरपालिकाले निरन्तर लगानी गर्दै आएको बताउँदै धार्मिक पर्यटन प्रवर्द्धनमा यस क्षेत्रले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

हिले बजार घुम्न आउने पर्यटकलाई थप समय यहाँ बिताउन तथा पर्यटनलाई अड्याउन मन्दिर क्षेत्रले सहयोग पुर्‍याएको उहाँको भनाइ थियो। मन्दिरको व्यवस्थापन तथा विकासका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो।

वार्षिकोत्सव कार्यक्रममा हिले माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेश पिठाकोटेले विद्यालयको तर्फबाट, मातृभूमि महिला समूहका सञ्चालक कृष्णा न्यौपानेले सामाजिक संघसंस्थाको तर्फबाट तथा धनकुटा नगरपालिका–१ का वडा सदस्य सुवास रानालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा विभिन्न स्थानबाट आएका भजन–कीर्तन टोलीले धार्मिक भजन प्रस्तुत गरेका थिए। भजन–कीर्तन टोलीलाई आयोजक समितिका तर्फबाट सम्मान तथा प्रोत्साहनस्वरूप पुरस्कारसमेत वितरण गरिएको थियो। यस्तै, झिगु नेवा समाज हिलेले लाखे नाच प्रस्तुत गरेको थियो।

समितिका सचिव दीपक घिमिरेले सञ्चालन गर्नुभएको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो।

श्री बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिरमा दर्शन तथा पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने र दुःख–कष्ट हट्ने धार्मिक विश्वास रहँदै आएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।