धनकुटामा दुई रोपनी क्षेत्रफलमा लगाइएको ७ सय गाँजाका बोट फडानी गरि नष्ट
धनकुटा, भदौ ३ । धनकुटामा प्रहरीले अवैध रूपमा लगाइएको गाँजा फडानी गरी नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाको मातहतमा रहेको प्रहरी चौकी आँखिसल्लाबाट खटिएको प्रहरी टोलीले शहीदभूमि गाउँपालिका–७ स्थित चिम्रामा करिब दुई रोपनी क्षेत्रफलमा लगाइएको गाँजा फडानी गरी नष्ट गरेको हो।
प्रहरीका अनुसार उक्त क्षेत्रमा रहेका करिब ७ सय गाँजाका बेर्ना तथा बोटहरू फडानी गरी नष्ट गरिएको छ।
अवैध गाँजा खेती नियन्त्रण तथा निगरानीलाई निरन्तरता दिँदै प्रहरीले जिल्लाका विभिन्न क्षेत्रमा अभियान सञ्चालन गरिरहेको जनाएको छ।

