धनकुटामा राजयोगिनी दादी प्रकाशमणिको पुण्यतिथिमा रक्तदान महाअभियान

५ भदौ,धनकुटा । राजयोगिनी दादी प्रकाशमणिको १९औँ पुण्यतिथिको अवसरमा धनकुटामा रक्तदान महाअभियान सम्पन्न भएको छ ।

ब्रह्माकुमारी राजयोग केन्द्र धनकुटा समाज सेवा प्रभागको आयोजनामा आज (भदौ ५ गते) ‘विश्व बन्धुत्व’ तथा रक्तदान महाअभियान आयोजना गरिएको हो । जिल्ला अस्पताल धनकुटामा भएको रक्तदान महाअभियानमा ५९ जनाले रक्तदान गरेको आयोजक जनाएको छ ।
रक्तदानमार्फत मानव सेवा र विश्व बन्धुत्वको भावना प्रवर्द्धन गर्ने उद्देश्यले अभियान आयोजना गरिएको आयोजकको भनाई छ ।

अभियानमा विभिन्न सामाजिक तथा शैक्षिक संस्थाले सहकार्य गरेका छन्। कार्यक्रममा दुर्गालक्ष्मी परोपकार सस्थधनकुटा, कृषि पर्यटन प्रबद्र्धनमा महिला अभियान धनकुटा, दीप इङ्लिस आवासीय मा.वि.धनकुटा–६ तथा नेपाल रेडक्रस सोसाइटी धनकुटा लगायत संस्थाको सहयोग रहेको छ।

ब्रह्माकुमारी संस्थाले दादी प्रकाशमणिको पुण्यस्मृति तथा विश्व बन्धुत्व दिवसका अवसरमा हरेक वर्ष रक्तदान लगायत सामाजिक सेवाका कार्यक्रम सञ्चालन गर्दै आएको छ। रक्तदानलाई मानवीय सेवाको महत्वपूर्ण कार्यका रूपमा लिँदै स्वस्थ व्यक्तिलाई स्वेच्छिक रक्तदानका लागि प्रेरित गर्ने अभियानको उद्देश्य रहेको ब्रह्माकुमारी राजयोग केन्द्र धनकुटाकी निर्मला ढकालले जानकारी दिईन ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।