इटहरीमा सिटी सफारीलाई जिपले ठक्कर दिँदा पाँच जना घाइते

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१७, पकलीस्थित सशस्त्र प्रहरी ब्यारेक नजिक पूर्व–पश्चिम राजमार्गमा जिपले सिटी सफारीलाई ठक्कर दिँदा चालकसहित पाँच जना घाइते भएका छन्।

मंगलबार इटहरीबाट झुम्कातर्फ जाँदै गरेको प्रदेश १–०२–००४ ह ४२४७ नम्बरको सिटी सफारीलाई सोही दिशाबाट आउँदै गरेको जिपले ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा इटहरी उपमहानगरपालिका–४ निवासी ४८ वर्षीय सिटी सफारी चालक चन्द्रलाल चौधरीसहित पाँच जना घाइते भएका छन्। घाइते हुने अन्यमा मोरङको सुन्दरहरैँचा नगरपालिका–७ निवासी ७२ वर्षीय भीम परियार, सोही स्थानका ३० वर्षीय सबिन सुनारका ९ वर्षीय छोरा प्रनिस सुनार, ३० वर्षीया प्रिङका सोनाम र उनकी १४ वर्षीया छोरी प्रनिसा सोनाम रहेका छन्।

घाइते भीम परियार, प्रनिस सुनार, प्रिङका सोनाम र प्रनिसा सोनामको विराटनगरस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ। सिटी सफारी चालक चन्द्रलाल चौधरीको भने स्थानीय सान्वी सिटी अस्पतालमा उपचार भइरहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।