धनकुटामा ७ सय गाँजाका बोट फडानी गरी नष्ट
धनकुटा, ९ भदौ । जिल्ला प्रहरी कार्यालय धनकुटाको मातहत इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी टोलीले शहीदभूमि गाउँपालिका–३ च्याब्रुङमा लगाइएको अवैध गाँजा फडानी गरी नष्ट गरेको छ।
प्रहरी टोलीले करिब ३ रोपनी क्षेत्रफलमा लगाइएका ७०० वटा गाँजाका बोट फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
अवैध लागूऔषध गाँजाको खेती नियन्त्रण तथा रोकथामका लागि प्रहरीले अभियानलाई निरन्तरता दिएको जनाएको छ।

