धनकुटामा छोराले काठको चिरपट प्रहार गर्दा ७० वर्षीय बाबुको मृत्यु,छोरा पक्राउ

धनकुटा,भदौ ११ । धनकुटाको चौबिसे गाउँपालिका–७ ठूलोढुंगामा छोराको कुटपिटबाट एक वृद्धको मृत्यु भएको छ।

प्रहरीका अनुसार बिहीबार बिहान करिब ५ः४५ बजे ३२ वर्षीय युवराज लिम्बुले आफ्नै बुबा ७० वर्षीय अमरध्वज लिम्बुको टाउकोमा काठको दाउरा (चिरपट) प्रहार गरेका थिए। गम्भीर घाइते भएका अमरध्वजको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

घटनाबारे बिहान ६ः१५ बजे मौनाबुधुकस्थित अस्थायी प्रहरी बिटमा जानकारी प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक जयप्रकाश रायको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। त्यसैगरी इलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी निरीक्षक विजय थापाको कमाण्डमा समेत प्रहरी टोली खटिएको थियो।

घटनाको थप अनुसन्धान, खोजतलास तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी उपरीक्षक नारायण रंजितकारको कमाण्डमा SOCO सहित १० जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो।

खोजतलासका क्रममा अभियुक्त युवराज लिम्बु घरबाट करिब ५०० मिटर दक्षिणतर्फ रहेको जंगलमा लुकेर बसेको अवस्थामा फेला परेका थिए।

प्रहरीले उनलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।