बाढी प्रभावित जिल्लामा सम्पर्कविहीन नागरिकको विवरण उपलब्ध गराउन धनकुटा प्रहरीको आग्रह

धनकुटा । हालैको बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन, तनहुँ लगायतका प्रभावित जिल्लामा सम्पर्कविहीन वा जोखिममा रहेका धनकुटाका नागरिक तथा प्रहरी कर्मचारीको विवरण उपलब्ध गराउन जिल्ला प्रहरी कार्यालय धनकुटाले आग्रह गरेको छ।

प्रहरीले प्रभावित क्षेत्रमा रहेका वा सम्पर्कविहीन व्यक्तिहरूको नाम, ठेगाना, सम्पर्क नम्बर तथा परिवार वा आफन्तको विवरण उपलब्ध गराउन अनुरोध गरेको हो।

प्राप्त विवरणका आधारमा प्रभावित व्यक्तिहरूको खोज तथा उद्धार कार्यमा सहजीकरण हुने प्रहरीले जनाएको छ। यसका लागि सम्बन्धित परिवार, आफन्त वा जानकारी भएका व्यक्तिले जिल्ला प्रहरी कार्यालय धनकुटा वा नजिकको प्रहरी कार्यालयमा तत्काल सूचना दिन आग्रह गरिएको छ।

बाढी तथा पहिरोका कारण विभिन्न जिल्लामा यातायात तथा सञ्चार सम्पर्क प्रभावित भइरहेका बेला धनकुटा प्रहरीले आफ्ना जिल्लाका नागरिक तथा प्रहरी कर्मचारीको अवस्थाबारे जानकारी संकलन थालेको हो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।