बाढीपीडितका लागि एक्सट्रेयल इनर्जी ड्रिंक्सद्वारा २ लाख ५० हजार रुपैयाँ सहयोग
इटहरी, १३ भदाैं । बाढीपीडितका लागि रिलायबल फुड्स एन्ड बेभरेज प्रा.लि.को एक्सट्रेयल इनर्जी ड्रिंक्सले २ लाख ५० हजार रुपैयाँ सहयोग गरेकाे छ ।
हालै रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूलाई तत्काल राहत तथा आवश्यक सहयोग पुर्याउने उद्देश्यले कम्पनीले उक्त रकम प्रदान गरेकाे हाे ।
विपद्को समयमा प्रभावित परिवारहरूको पीडामा साथ दिँदै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रकम सहयोग गर्ने निर्णय गरिएको कम्पनीले बताएको छ।
कम्पनीको यस सहयोगले बाढीप्रभावित परिवारहरूको राहत तथा उद्धार कार्यमा थप टेवा पुग्ने विश्वास लिइएको छ।
तिब्बतवाट नेपाल पसेकाे प्रलयकारी बाढीका कारण पाँच जिल्लाका १५ स्थानिय निकाय गम्भिर रूपमा प्रभावित भए पछि स्व स्फुर्त रूपमा सहयाेग गर्ने क्रम जारी रहेकाे बेला इनर्जी ड्रिंक्सले २ लाख ५० हजार रुपैयाँ सहयोग गरेकाे हाे ।


