अलपत्र यात्रुको उद्धारका लागि काठमाडौं महानगरपालिकाद्वारा निःशुल्क यातायात सेवा सुरु

काठमाडौं, १३ भदौ । काठमाडौं महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र परेका यात्रुहरूलाई स्थलमार्गबाट उद्धार गर्न निःशुल्क यातायात सेवा सुरु गरेको छ।

शुक्रबार एउटा गाडीबाट सुरु गरिएको उक्त सेवाको पहिलो दिन २ जना बालबालिका, ९ जना महिला र ८ जना पुरुष गरी कुल १९ जनालाई काठमाडौँ ल्याइएको थियो। आज (शनिबार) देखि थप एउटा गरी दुई वटा सवारी साधन सञ्चालनमा ल्याइएका छन्।

सञ्चालित दुई गाडीमध्ये एउटा रसुवादेखि काठमाडौं यात्रु ओसार्दै आएको १९ सिट क्षमताको (००६ ख ९३३९ नम्बर) गाडी हो भने अर्को महानगरपालिकाको अनुरोधमा छत्रपाटी निःशुल्क चिकित्सालयले उपलब्ध गराएको १० सिट क्षमताको (०३० च ७३६४ नम्बर) गाडी हो। निःशुल्क सञ्चालित यी सवारी साधनलाई सहजै चिन्न सकियोस् भन्नका लागि अगाडि र पछाडि ब्यानर राखिनुका साथै दुवै गाडीमा नगर प्रहरीसमेत खटाइएको छ।

आवश्यकताका आधारमा सवारी साधनको सङ्ख्या अझ बढाउँदै लैजाने महानगरको योजना छ। सवारी साधनमा खटिएका जनशक्तिलाई विपद् व्यवस्थापनमा प्रोत्साहित गर्न आज काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, प्रवक्ता नवीन मानन्धर र विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापा राष्ट्रिय सभा गृह पुगेका थिए।

यो सेवा मुख्य गरी नुवाकोटको विदुर नगरपालिकादेखि काठमाडौं महानगरपालिकासम्म सञ्चालन हुनेछ। कामको सिलसिलामा रसुवा, नुवाकोट लगायत बाढी प्रभावित क्षेत्रमा पुगेर विपद्पछि अलपत्र परेका र काठमाडौं फर्कन चाहने व्यक्तिहरू तथा प्रभावित क्षेत्रमा आफन्तको खोजीका लागि काठमाडौंबाट जानुपर्ने व्यक्तिहरूलाई लक्षित गरी यो सेवा थालिएको हो।

यी सवारी साधनले दैनिक दुई पटक यात्रु ओसार्ने महानगरपालिकाले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।