भोटेकोशी बाढीमा मधेशका सम्पर्कविहिन १७४ मध्ये २३ जना सम्पर्कमा

 सुभाष कायस्थ/

जनकपुरधाम, १३ भदाै । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मधेश प्रदेशका विभिन्न जिल्लाका ठूलो संख्यामा नागरिक सम्पर्कविहिन भएका छन् । 

मधेश प्रदेश प्रहरी कार्यालयले शनिवार बिहान उपलब्ध गराएको विवरणमा सम्पर्कविहिनहरूकाे संख्या प्रदेशका आठवटै जिल्लामा गरी १७४ पुगेकाे हाे । सम्पर्कविहिन मध्ये २३ जनाकाे अहिलेसम्म उद्धार गरिएकाे प्रहरीले जनाएकाे छ ।

प्रदेश प्रहरीको विवरण अनुसार सबैभन्दा बढी सप्तरीका ४८ जना सम्पर्कविहिन छन्। त्यसपछि पर्साका ३९, बाराका २३, रौतहटका १७, सर्लाहीका १०, महोत्तरीका १७, सिरहाका १० र धनुषाका ५ जना छन् ।

प्रदेश प्रहरीको सूचीमा पर्साका बेपत्तामध्ये सप्तरीबाट महादेवा, कञ्चनरूप, डाक्नेश्वरी, तिलाठी कोइलाडी, राजविराज, खडक, विष्णुपुर, शम्भुनाथ, तिलाठी काेइलाडी, बोदेबरसाइन, राजगढलगायत स्थानीय तहका नागरिक रहेका छन । 

पर्साका वीरगञ्ज महानगरपालिका, पोखरिया, बहुदरमाई, सखुवा प्रसाैनी र पटेर्वासुगौलीलगायत विभिन्न स्थानीय तह तथा भारत बिहारका नागरिक रहेको उल्लेख छ। 

बाराका बेपत्ता व्यक्तिहरूमा कलैया उपमहानगरपालिका, परवानीपुर, निजगढ, जितपुरसिमरा, सुवर्णलगायत क्षेत्रका नागरिक छन्। रौतहटका बेपत्ता सूचीमा चन्द्रपुर, गौर, राजदेवी, ईशनाथलगायत स्थानीय तहका नागरिक छन्। 

त्यस्तै सर्लाहीका बेपत्ता व्यक्तिहरूमा लालबन्दी, ईश्वरपुर तथा हरिपुर क्षेत्रका नागरिक छन्।

महोत्तरीका नागरिकहरू मटिहानी, लाेहार पट्टि, बर्दिबास, भंगहा, गौशाला, जलेश्वरलगायत क्षेत्रका रहेका छन्। धनुषाका बेपत्तामध्ये हंसपुर, सबैला र कमला नगरपालिका क्षेत्रका नागरिक छन्। 

सिरहाबाट मिर्चैया, गोलबजार, धनगढीमाईलगायत क्षेत्रका नागरिक बेपत्ता सूचीमा छन् । 

सम्पर्कविहिन मध्ये सर्लाहीका ज्ञानबहादुर थिङ, पर्साका श्यामलाल माेक्तान, पर्सा पाेखरियाका ओजिर अन्सारी, बारा कलैयाका सत्यप्रकाश राम, जितपुरका राेवित कुमार साह, सुवर्ण गाउंपालिकाका रूपेश गुप्ता, राैतहट ईशनाथका शेख मजिद,  राैतहट गढीमाईका सकिना खातुन, माेबिदा खातुन, सलमान अन्सारी राैतहट चन्द्रपुरका पवित्रा नेपाल सिलवाल र सम्राट सिलवाल लगायका सम्पर्कमा आएकाे छ । 

यस्तै सर्लाही लालबन्दीका ब्रिजकिशाेर दास, सुनिता दास, बागमतिका दिनेश थापा, महाेतरीका राकेशकुमार यादव, पिपराका विपिनकुमार मण्डल, सिरहा गाेलबजारका टार्जन बलम्पाकी, सप्तरी कन्चनरूपका अजय मरिक पनि सम्पर्कमा आएकाे प्रदेश प्रहरीकाे भनाई छ ।

वेपता हुनेहरूमा अधिकांश अपर त्रिशुली जलविद्युत आयाेजना र हाइड्राेपावरमा कार्यरत ईन्जिनीयर र कामदार तथा उनका परिवार हसन भने केही व्यापारकाे सिलसिलामा रहेकाे मधेश प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख ओमप्रसाद अधिकारीले फाेन तथा विभिन्न सञ्चार माध्यमबाट शनिवार विहानसम्म प्रदेशका आठै जिल्लाबाट गरि सम्पर्कविहिनहरूकाे नाम संकलन गरिएकाे हाे । नामावली संकलनकाे क्रम जारी रहेकाले याे संख्या अझै बढन सक्ने बताइएकाे छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।